दफा ४१
पकाएको तलब, भत्ता पाउने
(१) कर्मचारीले प्रत्येक महिना भुक्तान भएपछि तलब, भत्ता पाउनेछ ।
(२) कर्मचारीले पकाएको तलब, भत्ता निज जुनसुकै व्यहोराबाट सेवामा नरहेमा पनि पाउनेछ ।
(३) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियममा व्यवस्था भएकोमा बाहेक कर्मचारीको तलब कट्टा गरिने छैन ।
(४) कुनै कर्मचारीले पाउने तलब सो कर्मचारी काम गरिरहेको वा विदामा बसेको बखत रोकिने छैन ।
(५) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि हरेक वर्ष निजामती किताबखानाबाट तलबी प्रतिवेदन पास नगराई कुनै पनि कर्मचारीलाई तलब खुवाउनु हुँदैन ।